१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काठमाडौंका सुकुम्बासी बस्तीमा पानी अभाव, संघद्वारा आन्दोलनको चेतावनी

संघले मेलम्ची आयोजनाअन्तर्गत पाइप विस्तार भए पनि सुकुम्बासी बस्तीलाई उपेक्षा गर्दै आपूर्ति रोकिएको आरोप लगाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १७६
  • काठमाडौं, जेठ २५ - मेलम्ची खानेपानी आयोजनाअन्तर्गत पाइपलाइन विस्तार भइसके पनि काठमाडौंका सुकुम्बासी तथा अव्यवस्थित बस्तीमा खानेपानी आपूर्ति नगरिएको भन्दै आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले विरोध जनाउँदै आन्दोलनको चेतावनी दिएको छ।

    आइतबार संघले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का महाप्रबन्धकलाई ज्ञापनपत्र बुझाउँदै तत्काल पानी आपूर्ति सुनिश्चित गर्न माग गरेको हो। संघले मेलम्ची आयोजनाअन्तर्गत पाइप विस्तार भए पनि सुकुम्बासी बस्तीलाई उपेक्षा गर्दै आपूर्ति रोकिएको आरोप लगाएको छ।

    “२१औँ शताब्दीमा पनि पानी नपुग्नु लाजमर्दो”

    संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, “२१औँ शताब्दीमा समेत सुकुम्बासी बस्तीमा पानी नपुग्नु अत्यन्त लाजमर्दो अवस्था हो। राज्यको यसप्रकारको विभेदी व्यवहार सह्य छैन।”

    संघले तीन चरणमा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ।

    जेठ २६ गते – काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पुनः ज्ञापनपत्र बुझाउने

    असार २ गते – गाग्रीसहित केयूकेएल कार्यालय घेराउ

    असार १० गतेसम्म पनि सुनुवाइ नभए – काठमाडौं उपत्यकामा पानी वितरण अवरुद्ध गर्ने

    संघका अनुसार हालसम्म उपत्यकाका अधिकांश क्षेत्रमा मेलम्चीको पानी पुगेको भए पनि सुकुम्बासी बस्तीहरूमा पानी जान नदिइएको छ।

    संघले समस्या समाधान नगरे सशक्त आन्दोलनमा उत्रिने जनाएको छ।