२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

बाघको आक्रमणबाट गोठालाको मृत्यु

जंगलमा बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ।



  • अञ्जना ढकाल
  • ४ महिना अघि
  • पाठक संख्या २०१
  • बारा, असार ४ - बारा जिल्लास्थित जंगलमा बाख्रा चराउन गएका एक जना गोठालाको बाघको आक्रमणबाट मृत्यु भएको छ।

    मकवानपुर मनहरी गाउँपालिका घर भई हाल बारा जितपुरसिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जमा बसोबास गर्दै आएका ५५ वर्षीय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए।

    मंगलबार दिउँसो बाख्रा चराउन चकरी जंगल गएका भुलन बेलुका घर फर्किएनन्। उनी घर नआएपछि आफन्तहरूले साँझ प्रहरीलाई खबर गरेका थिए।

    प्रहरी र स्थानीयवासीको संयुक्त खोजीपछि बुधबार बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक वन क्षेत्रको खोल्सामा उनको शव बाघले आक्रमण गरेर खाएको अवस्थामा फेला परेको थियो।

    भुलन सोही क्षेत्रमा बाख्रा चराउने कामदारको रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।