२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हैदराबादमा चोरी, आरोपी खोज्दै भारतीय प्रहरी काठमाडौंसम्म

भारतीय टोलीले काठमाडौंस्थित दूतावाससँग समेत समन्वय नगरेको खुलेको छ।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १८४
  • काठमाडौं, असार १२ - हैदराबादमा भएको चोरी प्रकरणमा संलग्न नेपालीको खोजी गर्दै भारतीय प्रहरीको टोली काठमाडौं आएको खुलेको छ। डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी करिब एक हप्ता अघि बिना समन्वय नेपाल आएका थिए।

    नेपाल प्रहरीले उनीहरूलाई केही समय नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। टोलीले दैलेखमा खोजी गरेपछि काठमाडौं आएको बताइएको छ।

    प्रहरी स्रोतका अनुसार चोरीमा संलग्न ६ जना नेपाली काठमाडौं आएको सूचनाका आधारमा टोली आएको हो। तर, भारतीय टोलीले काठमाडौंस्थित दूतावाससँग समेत समन्वय नगरेको खुलेको छ।

    यसअघि पनि समन्वयबिनै आएका पञ्जाब प्रहरी पक्राउ परेपछि भारतको गृह मन्त्रालयले विदेशमा अनुसन्धान गर्दा अनिवार्य स्वीकृति र समन्वयको कार्यविधि जारी गर्नुपरेको थियो।