२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काभ्रेको कृषकलाई एक अर्बको क्षति, राहत भने जम्मा ७७ लाख

कुल ३५९ जना कृषकका लागि मात्र यो राहत सिफारिस गरिएको हो, जबकि बाढीले ४ सयभन्दा बढी कृषक प्रभावित भएका थिए।



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या २०१
  • काभ्रे, असार २० – गत असोजमा आएको बाढीपहिरोले काभ्रेको कृषि क्षेत्रमा झन्डै एक अर्ब रुपैयाँ बराबरको क्षति पुर्‍याएको थियो। तर, त्यसको करिब ०.८ प्रतिशत मात्रै राहत दिन लागिएको छ।जुन जम्मा ७७ लाख ७९ हजार रुपैयाँ हो।

    यसमा कुल ३५९ जना कृषकका लागि मात्र यो राहत सिफारिस गरिएको हो, जबकि बाढीले ४ सयभन्दा बढी कृषक प्रभावित भएका थिए।

    कृषि विकास कार्यालय काभ्रेका अनुसार खाद्यान्न बालीमा २,०३० रोपनी, तरकारीमा ४०५ रोपनी, फलफूलमा ७०५ रोपनी र टनेल खेतीमा १,३८० वर्गमिटर क्षेत्रफल क्षति भएको छ।

    राहतअनुसार खाद्यान्नमा प्रति रोपनी १५००, तरकारीमा २५००, फलफूलमा ५०००, टनेलमा प्रति वर्गमिटर १४० रुपैयाँ प्रदान गरिनेछ। यस राहत रकम कृषकको खातामा सिधै जम्मा हुने व्यवस्था मिलाइएको छ।

    पशुपालनमा पनि ठूलो क्षति

    पशु सेवा कार्यालयका अनुसार २६६३ पशु, १५,४९५ कुखुरा/हाँस, ३२ लाख लिटर दूध नष्ट भएका छन्, जसको मूल्य ३३ करोड ६६ लाख पुगेको छ।

    स्रोतका अनुसार, यो सबै तथ्यांक प्रदेश सरकारलाई पठाइएको छ, र एकदेखि डेढ हप्तामा पशुपालनतर्फको राहत पनि सिफारिस हुने सम्भावना छ।

    के राहत पर्याप्त हो?

    कृषकहरूलाई एक अर्ब बराबरको क्षति भोग्दा मात्र ७७ लाखको राहत सिफारिस हुनु सरकारको गम्भीर उदासिनता भएको टिप्पणी स्थानीयस्तरमा सुनिन थालेको छ।

    यसअघि, तत्कालीन राहतस्वरूप २६४० घरपरिवारलाई विश्व खाद्य कार्यक्रममार्फत ४ करोड २३ लाख रुपैयाँ सहयोग गरिएको थियो।