१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

लामाे समयपछि बालेनले बोलाए कार्यपालिका बैठक, बजेट प्रस्तुतिको तयारी

लामो समयदेखि बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आज कार्यपालिका बैठक बोलाएको छ।



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या २०९
  • काठमाडौं, असार २७ – लामो समयदेखि बजेट ल्याउन नसकेको काठमाडौं महानगरपालिकाले आज कार्यपालिका बैठक बोलाएको छ। मेयर बालेन शाहले दिउँसो २ बजेका लागि बैठक आह्वान गरेका हुन्।

    कार्यपालिका बैठकअघि बिहान ११ बजे बजेट स्रोत समिति र त्यसपछि उपमेयर सुनिता डंगोलको अध्यक्षतामा बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठकसमेत बस्ने कार्यक्रम तय भएको छ। यी बैठकहरूपछि कार्यपालिकाको बैठक बस्नेछ, जसले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय लिनेछ।

    यसअघि मेयर शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको मतभेदका कारण कार्यपालिका बैठक रोकिएको थियो। सोही कारण महानगरपालिका कानुनअनुसार असार १० भित्र बजेट ल्याउन असफल भएको हो।

    तर आजको बैठकमा गुरागाईं पनि सहभागी हुने पुष्टि भएको छ। उनले मेयरले बैठक बोलाएको जानकारी पाएपछि आफू पनि सहभागी हुने बताएका छन्।

    दुवै पक्षको सहभागितामा आजको कार्यपालिका बैठकले काठमाडौं महानगरको बजेट प्रक्रियामा नयाँ गति ल्याउने विश्वास गरिएको छ।