२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रचण्डद्वारा 'वाईसीएल श्रम अभियान' को उद्घाटन, भ्रष्टाचारविरुद्ध सडक संघर्षको चेतावनी



  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या १११
  • काठमाडौं, साउन १ - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत वाईसीएल नेपालले सञ्चालनमा ल्याएको श्रम अभियानको औपचारिक उद्घाटन गरेका छन्।

    कार्यक्रममा अध्यक्ष प्रचण्डले युवा स्वयंसेवकहरूसँगै इँटा बोक्ने, घाँस काट्ने, वृक्षारोपण गर्ने र चौर सरसफाइजस्ता श्रमकार्यमा सक्रिय सहभागिता जनाए।

    उनले कार्यक्रमलाई सम्बोधन गर्दै यो अभियान माओवादी केन्द्रको 'उत्पादन ब्रिगेड'को निरन्तरता भएको र श्रम तथा उत्पादनमा युवालाई सक्रिय गराउने महत्वपूर्ण प्रयास भएको बताए। “केन्द्रीय समिति गठनपछिको पहिलो पदाधिकारी बैठकमै माले पार्टी र वाईसीएलले उत्पादन र राष्ट्रिय अर्थतन्त्र निर्माणमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने निर्देशन दिएको थिएँ,” प्रचण्डले स्मरण गरे।

    प्रचण्डले भ्रष्टाचारका विरुद्ध युवालाई सशक्त रूपमा उभिन आह्वान गर्दै चेतावनी पनि दिए – “यदि सरकार यस्तै रूपमा भ्रष्टाचारमा लिप्त रहिरह्यो भने, संसदबाट मात्रै होइन, सडकबाट आन्दोलन गरेर हटाउनुपर्ने अवस्था आउन सक्छ।”

    कार्यक्रममा माओवादी केन्द्रका युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। वाईसीएल नेपालले देशभर ५५ स्थानमा एकसाथ श्रम अभियान सुरु गरेको जानकारी गराइएको छ।

    अध्यक्ष प्रचण्डले युवालाई उत्पादन, समृद्धि र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा अग्रपंक्तिमा उभिन प्रेरित गरेका थिए।