१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

निवर्तमान मन्त्री राजकुमार गुप्तासँग अख्तियारको सोधपुछ, अडियो मिलानका लागि आवाज नमुना संकलन हुँदै



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १९६
  • काठमाडौं, साउन ५ – घुस लिएको आरोपमा राजीनामा दिएका निवर्तमान सहरी विकासमन्त्री राजकुमार गुप्तासँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज औपचारिक रूपमा सोधपुछ थालेको छ।

    सूत्रका अनुसार, आयोगले गुप्तालाई अडियो प्रकरणमा स्पष्ट पार्न उपस्थित हुन बोलाएको थियो। केही दिनअघि सार्वजनिक भएको अडियो रेकर्डमा गुप्ताको आवाज रहेको दाबी गरिएको थियो। उक्त अडियोको प्रामाणिकता परीक्षण गर्न आयोगले अब गुप्ताको आवाज नमुना संकलन गर्दैछ।

    "उहाँसँग अनुसन्धानको क्रममा अनुमति लिएर आवाज रेकर्ड गरिनेछ," अख्तियार स्रोतले जानकारी दिएको छ, "त्यसपछि सार्वजनिक अडियोसँग वैज्ञानिक परीक्षण गरी तुलना गरिनेछ।"

    गत साता कास्की जिल्लाका प्रमुख मालपोत अधिकृतको सरुवासम्बन्धी विषयमा गुप्ता र एक कथित बिचौलियाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि उनी विवादमा परेका थिए। सार्वजनिक आलोचना र राजनीतिक दबाबका बीच गुप्ताले मन्त्री पदबाट राजीनामा दिएका थिए।

    अब अख्तियारले गम्भीरताका साथ अनुसन्धान अघि बढाउने तयारी गरेको छ। आयोगले यो प्रकरणलाई कानुनी र प्रविधि प्रयोग गरी निष्कर्षमा पुर्‍याउने जनाएको छ।