६ भदौ २०८२ शुक्रबार | 22 Aug 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विवाह अस्वीकारपछि प्रेमिकाको हत्या : प्रेमी प्रहरीको फन्दामा

विवाह गर्न नमानेको भन्दै एक युवकले आफ्नी प्रेमिकाको निर्मम हत्या गरेका छन्।



  • अञ्जना ढकाल
  • १ महिना अघि
  • पाठक संख्या १२६
  • काभ्रेपलाञ्चोक, साउन ५ – विवाह गर्न नमानेको भन्दै एक युवकले आफ्नी प्रेमिकाको निर्मम हत्या गरेका छन्। रामेछाप मन्थली नगरपालिका–१३ का ३७ वर्षीय सन्तोष सुनारले आफ्नी प्रेमिका ३३ वर्षीया शर्मिला उप्रेतीको हत्या गरेको स्वीकार गरेका छन्।

    प्रहरीका अनुसार गत साउन ३२ गते बनेपा नगरपालिका–१३ स्थित भगवान थुम्की सामुदायिक वनमा शर्मिलाको हत्या भएको हो। युवतीको शव कोल्टो अवस्थामा फेला परेको थियो। अनुसन्धानको क्रममा सन्तोषलाई बनेपाको इँटाभट्टास्थित डेराबाट पक्राउ गरिएको छ।

    सन्तोष र शर्मिलाको दुई वर्षदेखि प्रेम सम्बन्ध थियो। उनीहरू एकैसाथ ज्यामीको काम गर्थे। केही महिनायता सन्तोष विवाहको प्रस्ताव गर्न थालेपछि शर्मिला दूरी बढाउँदै गएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। यही कारण रिसले चुर भएका सन्तोषले जंगल लगेर पहिले मन्दिरमा गाडिएको लठ्ठीले प्रहार गरेपछि कुर्ताको सल प्रयोग गरी घाँटी थिचेर हत्या गरेको स्वीकारेका छन्।

    शव फेला परेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय बनेपाबाट डीएसपी रामेश्वर त्वातीको नेतृत्वमा १५ जना प्रहरी टोली र धुलिखेल अस्पतालका फरेन्सिक चिकित्सकको सहभागितामा घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरिएको थियो।

    मृतकका बुबा कमलबहादुर उप्रेतीले छोरीको सनाखत गरेका थिए। शर्मिला ३२ असारदेखि हराइरहेकी थिइन्, प्रहरीका अनुसार हत्या पनि त्यही दिन भएको हो। सन्तोषविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकबाट ४ दिनको म्याद लिइएको छ।

    प्रहरीसमक्ष बयानमा सन्तोषले हत्यापछि पछुतो लागेको भन्दै निकैबेर रोएको बताएका छन्। तर, प्रेमिकाको जीवन सधैंका लागि अन्त्य गरिसकेपछि पश्चातापले अर्थ राख्दैन। घटनाले सामाजिक रूपमा गम्भीर प्रश्नहरू उठाइदिएको छ – प्रेममा अस्वीकारको मूल्य मृत्युसम्म चुकाउनु पर्ने हो?