१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सरकारद्वारा मधेश प्रदेशलाई 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या ३४०
  • काठमाडौं, साउन ७ - लगातारको खडेरी र पानीको अभावका कारण मधेश प्रदेशमा देखिएको गम्भीर समस्या ध्यानमा राख्दै संघीय सरकारले प्रदेशलाई 'विपद् संकटग्रस्त क्षेत्र' घोषणा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो।

    यसअघि, असार २६ गते मधेश प्रदेश सरकारले आफैंले प्रदेशलाई 'सुक्खाग्रस्त क्षेत्र' घोषणा गरेको थियो। तर समस्या थप गहिरिँदै गएपछि संघीय तहबाट समेत संकटको औपचारिक मान्यता दिइएको हो।

    मधेश प्रदेशका अधिकांश क्षेत्रमा वर्षाको अभावले खडेरीको अवस्था उत्पन्न भएको छ। इनार, ट्युबवेलजस्ता भूमिगत स्रोतहरू सुकेका छन् भने सिंचाइ र खानेपानीको समस्या दिन प्रतिदिन चर्किँदै गएको छ। स्थानीय बासिन्दा दैनिकी प्रभावित बनाउने यस्तो समस्याबाट उन्मुक्ति पाउने आशामा सरकारको पहलतर्फ आशावादी देखिएका छन्।

    सरकारले अबको कदम राहत तथा दीर्घकालीन समाधानका कार्यक्रमहरू सञ्चालन गर्ने दिशामा हुनेछ भन्ने अपेक्षा गरिएको छ।