१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षणका लागि अस्पताल पठाइयो



  • अञ्जना ढकाल
  • १ बर्ष अघि
  • पाठक संख्या १४५
  • काठमाडौं, भदौ २ – रास्वपा सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएपछि रगत परीक्षणका लागि अस्पताल पठाइएको छ। लामिछानेलाई हालै मात्र भैरहवा कारागारबाट नख्खु कारागार स्थानान्तरण गरिएको थियो।

    पार्टीका उपसभापति डोलप्रसाद अर्याल सोमबार बिहान उनलाई भेट्न नख्खु कारागार पुगेका थिए। भेटका क्रममा लामिछानेको छालामा पहेँलो देखिएको कारण स्वास्थ्य अवस्था गम्भीर हुनसक्ने आशंकामा तत्काल रगत परीक्षण गराउन सुझाव दिइएको थियो।

    रास्वपा प्रवक्ता मनिष झाले बताएअनुसार, उपसभापति अर्यालको सिफारिसपछि लामिछानेलाई रगत परीक्षणका लागि अस्पताल पठाइएको हो। हालसम्म परीक्षण रिपोर्ट भने आइनसकेको उनले जानकारी दिए।

    लामिछानेलाई दुई दिन अघि भैरहवा कारागारबाट काठमाडौं ल्याएर नख्खु कारागारमा स्थानान्तरण गरिएको थियो। उनलाई करिब ४ सय कैदीबन्दी रहेको ब्लकमा राखिएको छ।

    स्वास्थ्य परीक्षणको रिपोर्टपछि मात्र उनको अवस्था कत्तिको गम्भीर हो भन्ने विषयमा स्पष्ट जानकारी आउने जनाइएको छ।