काठमाडौं, भदौ १३ - चितवन पदमपुरमा दुई व्यक्तिले कुकुरलाई मासु देखाएर नजिक ल्याई लाठी र फरुवाले प्रहार गर्दै हत्या गरेका छन् । निर्दोष प्राणीमाथि भएको यो क्रूर व्यवहारको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै व्यापक विरोध भइरहेको छ।
स्थानीय र पशु अधिकारकर्मीहरूले घटनालाई अमानवीय भन्दै दोषीलाई तुरुन्त कारबाही गर्न माग गरेका छन्। प्रत्यक्षदर्शीका अनुसार, कुकुरलाई फकाएर मार्ने काम अत्यन्त पीडादायी थियो र हेर्नै नसकिने अवस्था सिर्जना भएको थियो।
प्रहरीले घटनाबारे जानकारी पाएको पुष्टि गर्दै अनुसन्धानका लागि टोली पठाउने तयारी भइरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस