१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक धवल शमशेर



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ११८
  • काठमाडौं, भदौ १६ - राजसंस्था पुनर्स्थापनाको अभियान स्वरूप बनेको संयुक्त जनआन्दोलन समितिले नयाँ कार्यवाहक संयोजक पाएको छ।

    समितिका संयोजक नवराज सुवेदीले सोमबार राप्रपाका महामन्त्री डा. धवल शमशेर राणालाई कार्यवाहक संयोजकको जिम्मेवारी तोकेका हुन्।

    सुवेदी केही समय विदेशमा रहने भएकाले समितिको नेतृत्व राणालाई दिन लागिएको उनको भनाइ छ। गत चैतमा सुवेदीकै नेतृत्वमा गठित यस समितिमा राणा प्रारम्भदेखि नै सदस्य रहेका थिए।

    राजावादी शक्तिहरूले उक्त समितिको नेतृत्वमा गत चैत र बैशाखमा काठमाडौंमा प्रदर्शन गरेका थिए। तर, राजसंस्था पुनर्स्थापना पक्षधरबीचको आन्तरिक फाटोका कारण समितिको गतिविधि पछिल्ला महिनामा निष्क्रिय बनेको छ।