१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सामाजिक सञ्जाल बन्द विरोध प्रदर्शन: काठमाडौंमा १४ जनाको मृत्यु, घाइतेको संख्या बढ्दै



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २०१
  • काठमाडौं, भदौ २३ – सामाजिक सञ्जाल बन्दको विरोधमा भएको जेनजी प्रदर्शनका क्रममा थप एक जनाको मृत्यु सिभिल अस्पतालमा भएको छ। यससँगै मृतकको संख्या १४ पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्रोतका अनुसार, उपत्यकाभरिका विभिन्न अस्पतालमा गम्भीर घाइते प्रदर्शनकारीहरूको उपचारका क्रममा १४ जनाको मृत्यु भइसकेको छ। दिउँसो साढे ३ बजेसम्म १३ जनाको मृत्यु भइसकेको थियो।

    अस्पताल अनुसार, ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको छ। घाइतेहरूको यकिन विवरण भने अझै उपलब्ध छैन।