१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

देउवा निवासमा तोडफोड, नेता लेखकको घरमा आगजनी



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या ३९३
  • काठमाडौं, २४ भदौ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको काठमाडौंस्थित निवासमा सोमबार बिहान प्रदर्शनकारीले तोडफोड गरेका छन्।

    ठूलो संख्यामा भेला भएका प्रदर्शनकारीले मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरी सामान तोडफोड गरेको प्रहरी स्रोतले जनाएको छ।

    यसैबीच, कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको नैकापस्थित घरमा समेत भीडले आगजनी गरेको छ। घर बाहिर प्रदर्शनकारीले ढुंगा प्रहार गरेपछि नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीलाई समेत चुनौती दिइएको बताइएको छ।

    घटनापछि प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। अहिले दुबै स्थानमा अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ।