१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रधानमन्त्री ओलीले पदबाट राजीनामा दिए



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २४४
  • काठमाडौं, भदौ २४ - सामाजिक सञ्जाल नियमनविरुद्ध जेनजि पुस्ताले सुरु गरेको आन्दोलन थप चर्किएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले अन्ततः पदत्याग गरेका छन्।

    आन्दोलन देशभर फैलिँदै हिंसात्मक रूप लिन थालेपछि राजनीतिक दबाबको सामना गर्न नसकेका ओलीले सोमबार बिहान पदबाट राजीनामा घोषणा गरेका हुन्।

    सरकारको कडा सुरक्षा नियन्त्रण र प्रदर्शन नियन्त्रणका प्रयास असफल भएपछि परिस्थिती थप जटिल बन्दै गएको थियो। सोहीबीच, सत्तारूढ दलभित्र पनि असन्तुष्टि बढ्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाड्न बाध्य भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ।