१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

जेनजी आन्दोलनका मृत्युको संख्या ५१ पुग्यो



  • अञ्जना ढकाल
  • १२ महिना अघि
  • पाठक संख्या २६५
  • काठमाडौँ, भदौ २७ - देशभर फैलिएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ।

    प्रहरी मुख्यालयका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये २१ जना प्रदर्शनकारी रहेका छन्। प्रहरीको बल प्रयोगका क्रममा उनीहरूको ज्यान गएको पुष्टि भएको हो।

    यस्तै, प्रदर्शन नियन्त्रणका क्रममा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २ जना र कोटेश्वर प्रभागका एक प्रहरीको मृत्यु भएको घिमिरेले जानकारी दिए।

    आन्दोलनका बीचमा भएको आगलागी, भागदौड र करेन्ट लाग्ने घटनाले थप १८ जनाको ज्यान गएको छ। हालसम्म मृतकहरूको पहिचान खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ।