३ असोज २०८२ शुक्रबार | 19 Sep 2025 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कोटेश्वर भाटभटेनीमा जलेको शव फेला, मृतक संख्या ७४ पुग्यो



  • अञ्जना ढकाल
  • २ दिन अघि
  • पाठक संख्या ७३
  • काठमाडौं, असोज १ - राजधानीको कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा बुधबार थप एक शव भेटिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार शव पूर्णरूपमा जलेको अवस्थामा भेटिएको हो ।

    शवको शरीर पूरै जलेको हुँदा अहिलेसम्म पहिचान खुल्न सकेको छैन । यससँगै जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । यसअघि ७३ जनाको मृत्यु पुष्टि भएको थियो ।

    यसअघि नै चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा डढेको अवस्थामा सात वटा शव भेटिएका थिए । ती शव अस्थिपञ्जरको रूपमा बरामद गरी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।