२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

१२ टाँका लगाइएका देउवा केही दिन अझै अस्पतालमै बस्ने



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या १०२
  • काठमाडौँ, असोज ३ - नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ। हाल सैनिक अस्पताल छाउनीमा उपचाररत देउवालाई गर्धनमा लागेको गम्भीर चोटका कारण चिकित्सकहरूले १२ वटा टाँका लगाएका छन्।

    कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा देउवाको स्वास्थ्य अवस्थाबारे विस्तृत जानकारी गराउँदै उपचार सफलतापूर्वक भइरहेको र चिकित्सकको निगरानीमा राखिएको बताए।

    बैठकपछि पत्रकार सम्मेलनमार्फत कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले देउवाको स्वास्थ्य सामान्य रहेको उल्लेख गर्दै चिकित्सकको सिफारिसअनुसार अझै केही दिन अस्पतालमै राखिने जानकारी दिए।

    गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बुढानीलकण्ठस्थित देउवा निवासमा प्रदर्शनकारीले तोडफोड र आगजनी गर्दा देउवा दम्पत्तिलाई घरबाट बाहिर निकालेर कुटपिटसमेत भएको थियो। सो घटनामा परेका चोटकै कारण हाल देउवा उपचारमा रहेका हुन्।