२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आन्दोलनपछि एमाले नयाँ पार्टी कार्यालय खोज्दै



  • अञ्जना ढकाल
  • २ हप्ता अघि
  • पाठक संख्या ६८
  • काठमाडौं, असोज ६ – हालैको आन्दोलनमा च्यासलस्थित नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आगजनी र तोडफोड भएपछि पार्टीले नयाँ भवन खोज्न थालेको छ। कार्यालय ध्वस्त भएपछि बैठक तथा अन्य गतिविधि सञ्चालन गर्न नसकिएको कारण नयाँ ठाउँ आवश्यक भएको एमालेले जनाएको छ।

    केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार आन्दोलनकारीले केन्द्रीय कार्यालय मात्र नभई प्रदेश र जिल्ला तहका कार्यालयहरूमा समेत क्षति पुर्‍याएका छन्। उनका अनुसार काठमाडौँ र ललितपुरमा वैकल्पिक कार्यालयका लागि केही भवन हेरे पनि अन्तिम टुङ्गो लाग्न बाँकी छ।

    महासचिव शंकर पोखरेलको नेतृत्वमा छिट्टै केन्द्रीय बैठक बसेर नयाँ कार्यालयबारे निर्णय हुने तयारी गरिएको अधिकारीले जानकारी दिए। साथै, पार्टीले आन्दोलनका क्रममा नेताहरूको निजी घर तथा सम्पत्तिमा पुगेको क्षतिको विवरण समेत संकलन गरिरहेको छ।

    ‘प्रदेशस्तरमा क्षतिको विवरण मागिएको छ र केन्द्रमा पनि विवरण संकलन भइरहेको छ,’ अधिकारीले भने, ‘बैठक बसेपछि सम्पूर्ण क्षतिको तथ्यांक सार्वजनिक गरिनेछ।’