२० असोज २०८२ सोमबार | 06 Oct 2025 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सप्तकोशीको बहाव घट्दै, ४८ ढोका खुला



  • अञ्जना ढकाल
  • १० घण्टा अघि
  • पाठक संख्या ४२
  • काठमाडौँ, असोज २० - अविरल वर्षा रोकिएपछि सप्तकोशी नदीको पानीको सतह क्रमशः घट्दै गएको छ। सोमबार बिहान १०:३० बजेको मापन अनुसार नदीमा पानीको बहाव ३ लाख ४५ हजार १४० क्युसेक प्रति सेकेन्ड पुगेको छ।

    प्रहरीका अनुसार, सुरक्षात्मक सतर्कताका लागि अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएको छ। आइतबार बिहान पानीको बहाव अत्यधिक बढेपछि खतराको संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झन्डा फहराइएको थियो।

    हाल पानीको सतह घट्दै गए पनि अधिकारीहरूले नदी आसपासका बस्तीहरूलाई सतर्क रहन आग्रह गरेका छन्। निरन्तर निगरानी जारी रहेको र आवश्यक परे थप सतर्कता अपनाइने जनाइएको छ।