१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिमरा विमानस्थलमा उत्रियो तनाव: बस्नेतको आगमनविरुद्ध जेनजीको प्रदर्शन, प्रहरीसँग भिडन्त



  • अञ्जना ढकाल
  • १० महिना अघि
  • पाठक संख्या १७८
  • बारा, मंसिर ३ - नेकपा एमाले नेता महेश बस्नेतको निर्धारित कार्यक्रमलाई लिएर बुधबार सिमरा विमानस्थल आसपासको क्षेत्रमा तीव्र तनाव सिर्जना भएको छ।

    बस्नेत मधेस प्रदेशस्तरीय युवा जागरण अभियानमा सहभागी हुन बारा आउने सूचना सार्वजनिक भएपछि जेनजी समूहले विमानस्थल घेराउने चेतावनीसहित विरोध प्रदर्शन थालेका थिए।

    विरोध प्रदर्शनले उग्र रूप लिएपछि प्रहरी टोलीले भीड हटाउन बल प्रयोग गरेको जनाएको छ। प्रहरीको हस्तक्षेपपछि जेनजी कार्यकर्तासँग धक्का–मुक्की हुँदै स्थिति झडपमा परिणत भएको हो।

    स्थिति नियन्त्रणमा लिन जनपथ र सशस्त्र दुवै प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ। विमानस्थल क्षेत्रलाई अहिले उच्च सुरक्षा सतर्कतामा राखिएको छ।

    उता, बस्नेतलाई स्वागत गर्न पुगेका एमाले नेता किसान श्रेष्ठ, ज्वालाकुमारी साह, अच्युत मैनालीलगायतका नेताहरू पनि विमानस्थलमै उपस्थित छन्। उनीहरूलाई समेत प्रहरीले सुरक्षा घेराभित्र राखेर बसालिएको छ।

    बारा प्रशासनले घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गर्दै स्थिति सामान्य बनाउन प्रयास जारी राखेको जनाएको छ।