१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चमा सुनुवाइ जारी



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १५६
  • काठमाण्डौ, मंसिर ७ - राष्ट्र, राष्ट्रियता तथा धर्म–संस्कृति संरक्षण अभियानका संयोजक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विषयमा दायर बन्दीप्रत्यक्षीकरणको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ। न्यायाधीश नहकुल सुवेदी र श्रीकान्त पौडेलसमेतको संयुक्त इजलासमा रिटको प्रारम्भिक बहस अघि बढाइएको हो।

    यसअघिको मेघराज पोखरेल नेतृत्वको इजलासले प्रसाईंलाई किन र कसरी पक्राउ गरिएको हो भन्ने बारेमा स्पष्टिकरणसहित उपस्थित गराउन सुरक्षा निकायलाई आदेश दिएको थियो।

    प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्नो बुवालाई गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रहरी परिसर भद्रकाली, प्रहरी प्रधान कार्यालय नक्साल, गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाइएको छ।

    गत सोमबार मध्यरातमा काठमाडौं प्रहरी परिसरको टोलीले भक्तपुरस्थित प्रसाईंको निवासबाटै उनलाई पक्राउ गरेको थियो। उनीमाथि शान्तिविरुद्धको कसुर को अभियोग लगाइएको छ र हाल टेकुस्थित हिरासतमा राखिएका छन्।

    पक्राउ पर्ने केही घण्टा अगाडि मात्र प्रसाईंले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री सुशिला कार्कीमाथि प्रश्न उठाएका थिए। उनले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा समेत गरेका थिए।