१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भदौ २३ मा नउत्रिएका मिराज अहिले किन सडकमा: जेनजी नेताहरूको प्रश्न



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १४४
  • काठमाडौं, मंसिर १०- प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित सडकमा उत्रिएका मिराज ढुंगानाले जेनजी आन्दोलनकै नेताहरूको आलोचना झेलिरहेका छन्।

    भदौ २३ गतेको प्रमुख आन्दोलनमा सहभागी नभएका ढुंगाना अहिले किन सक्रिय भएको भन्ने प्रश्न उठेको छ।

    सिंहदरबार बाहिर दुई दिनदेखि प्रदर्शन गर्दै आएका ढुंगानालाई प्रहरीले हटाएको घटनापछि जेनजी नेताहरूले उनको राजनीतिक उद्देश्यलाई शंका गरेका छन्।

    कोशी प्रदेश जेनजी संयोजक उपार्जुन चाम्लिङले ढुंगानाको एजेन्डासँग असहमति जनाउँदै सोधे, “हिजो सडकमा नउत्रिनेहरू आज किन र कसका लागि आएको?”

    नेपाल जेनजी फ्रन्टका सदस्य युजन राजभण्डारीले भदौ २२ को बैठकमा ढुंगानाले संविधान र सुशासनसम्बन्धी सामूहिक माग अस्वीकार गरी अलग आन्दोलन गर्ने निर्णय गरेको स्मरण गराए।

    त्यतिबेला उनी भदौ २३ गतेको मुख्य प्रदर्शनबाट टाढै बसेका थिए।

    अब भने ‘प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री’को नारा अघि सार्दै सडकमा देखिएको ढुंगानाले आफ्नै आन्दोलनको उद्देश्यबारे स्पष्ट जवाफ दिनुपर्ने माग बढ्दै गएको छ।