१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

सिनामंगलमा चार महिनाको शिशु हत्या : विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत असई पक्राउ



  • अञ्जना ढकाल
  • ९ महिना अघि
  • पाठक संख्या १८५
  • काठमाडौँ, मंसिर २२ — राजधानीको सिनामंगलमा आइतबार एक हृदयविदारक घटना घटेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोरा माहिर कार्कीको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

    जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार दिउँसो डेढबेला कार्की दम्पतीको डेरामा पारिवारिक विवाद चर्किएपछि घटना भएको हो।

    प्रहरीका अनुसार छोराको उपचार सम्बन्धी कुराकानीमा विवाद बढ्दै गएपछि कार्कीले त्यहीबीच शिशुमाथि धारिलो हतियार प्रहार गरेका थिए। घाइते विष्णा प्रहरी जवान हुन् र उनी पनि पति कार्की सँगै विमानस्थल सुरक्षा प्रहरी कार्यालयमै खटिएका थिए।

    घटना भएपछि पुष्कर कार्की घरबाट फरार भएका थिए। प्रहरीले खोजतलास जारी राखेर साँझ करिब ६ बजेतिर नागढुंगा चेकपोस्टबाट उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

    कुटपिटबाट घाइते भएकी विष्णा साउदको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको चार महिनाको छोराको घटनास्थलमै ज्यान गएको प्रहरीले पुष्टि गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।