१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

प्रतिनिधिसभा निर्वाचनमा होमिदै मेयर बालेन, माघ ५ गते राजीनामा दिने



  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १८६
  • काठमाडौँ, पुस २८ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले माघ ५ गते पद त्याग गर्ने तयारी गरेका छन् । आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यसहित उनले राजीनामा दिने तयारी गरेको स्रोतले जनाएको छ ।

    मेयर शाहको सचिवालयका अनुसार राजीनामाको मिति तय भइसकेको छ । ‘उहाँ माघ ५ गते राजीनामा दिनुहुन्छ,’ सचिवालय स्रोतले भन्यो ।

    राजीनामा दिएपछि बालेन झापा–५ निर्वाचन क्षेत्र पुगेर चुनावी गतिविधि सुरु गर्ने तयारीमा छन् । सो क्षेत्रबाट निर्वाचन लड्ने विषयमा उनको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद भइरहेको बताइएको छ ।

    मेयर पदबाट राजीनामा दिएर संघीय राजनीतिमा प्रवेश गर्ने बालेनको निर्णयले राजनीतिक वृत्तमा चासो बढाएको छ ।