१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

भाषा परीक्षा पास गरे पनि कोरिया जान नपाएपछि माइतीघरमा युवाहरूको प्रदर्शन



  • अञ्जना ढकाल
  • ७ महिना अघि
  • पाठक संख्या १७१
  • काठमाडौँ, माघ १३ - रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवायुवतीहरूले काठमाडौँको माइतीघरमा मंगलबार विरोध प्रदर्शन गरेका छन्।

    कृषि तथा पानीजहाज (फिसिङ) क्षेत्रका लागि भाषा परीक्षा पास गरी रोस्टरमा नाम सूचीकृत भए पनि एक वर्षभन्दा बढी समय बितिसक्दा समेत रोजगारीका लागि छनोट नभएको गुनासो उनीहरूको छ। भाषा तथा सीप परीक्षा उत्तीर्ण गरेपछि रोस्टरमा नाम दुई वर्षसम्म मात्र मान्य हुने व्यवस्था रहेकाले उक्त म्याद थप गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन्।

    प्रदर्शनकारीहरूले ईपीएस प्रणालीमा भइरहेको अनियमितता रोक्नुपर्ने, कृषि तथा पानीजहाज क्षेत्रको रोस्टर अवधि विस्तार गर्नुपर्ने, भाषा पास गरेका युवालाई शीघ्र कोरिया पठाउनुपर्ने र दुई वर्षको म्याद थप गर्नुपर्ने मागसहित प्लेकार्ड प्रदर्शन गरेका थिए।

    लामो समयसम्म अनिश्चिततामा बस्नुपर्दा मानसिक तथा आर्थिक समस्या झेल्नुपरेको भन्दै उनीहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।