१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

ओली गिरफ्तारीको विरोधमा एमालेको देशव्यापी प्रदर्शन घोषणा



  • अञ्जना ढकाल
  • ५ महिना अघि
  • पाठक संख्या १४७
  • काठमाडौं, चैत १४ - केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमाले ले विरोध कार्यक्रम घोषणा गरेको छ। पार्टीले अध्यक्ष ओलीको पक्राउलाई लिएर सडक संघर्षमा उत्रिने तयारी गरेको जनाएको हो।

    एमालेका सचिव महेश बस्नेत ले सामाजिक सञ्जालमार्फत् कार्यकर्ता तथा समर्थकलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन्। उनले देशलाई ‘प्रतिशोधको राजनीतिबाट जोगाउन’ र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आन्दोलन आवश्यक रहेको उल्लेख गरेका छन्। कार्यक्रमको विस्तृत विवरण छिट्टै सार्वजनिक गरिने उनले जानकारी दिएका छन्।

    जेनजी आन्दोलनका क्रममा दमन भएको आरोपमा पूर्वप्रधानमन्त्री ओलीसँगै पूर्व गृहमन्त्री रमेश लेखक लाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको हो। यस घटनालाई लिएर एमालेले असन्तुष्टि व्यक्त गर्दै यसले देशमा राजनीतिक तनाव बढाउन सक्ने जनाएको छ।

    बस्नेतले उक्त गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको संकेत भएको टिप्पणी गरेका छन्। साथै, उनले आन्दोलनका क्रममा कमजोर देखिएको नेपाल प्रहरी अहिले नेताहरूलाई पक्राउ गर्न ठूलो संख्यामा परिचालन गरिएकोप्रति पनि असन्तोष व्यक्त गरेका छन्।