४ बैशाख २०८३ शुक्रबार | 17 Apr 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

विश्वका १०० प्रभावशाली सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह



  • अञ्जना ढकाल
  • १८ घण्टा अघि
  • पाठक संख्या ४०
  • काठमाडौं, वैशाख ३ - नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ प्रतिष्ठित अमेरिकी पत्रिका टाइमले सार्वजनिक गर्ने सन् २०२६ का विश्वका १०० प्रभावशाली व्यक्तिको सूचीमा परेका छन् । उनलाई ‘नेता’ विधामा समावेश गरिएको हो ।

    टाइमले विभिन्न क्षेत्रका प्रभावशाली व्यक्तित्वलाई समेट्दै सूची सार्वजनिक गरेको हो । यसमा विश्वभरका राजनीतिक नेतृत्वसहित २४ जना राजनीतिज्ञको समूहमा बालेनको नाम पनि समावेश गरिएको छ ।

    पत्रिकाका अनुसार सूची लोकप्रियता मात्र नभई विश्वव्यापी प्रभाव, नवीन सोच र दीर्घकालीन योगदानका आधारमा तयार गरिएको हो । यस वर्ष विशेषगरी परिवर्तनशील विश्वमा नेतृत्वदायी भूमिका खेल्ने व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ ।

    यस सूचीमा राष्ट्रप्रमुख, सामाजिक अभियन्ता, वैज्ञानिक, कलाकार र उद्यमीहरू रहेका छन् । कृत्रिम बुद्धिमत्ता, जलवायु परिवर्तन र डिजिटल अर्थतन्त्रमा प्रभाव पार्ने व्यक्तित्वलाई समेत समेटिएको छ ।

    बालेन यसअघि पनि सन् २०२३ मा ‘टाइम १०० नेक्स्ट’ सूचीमा परेका थिए । काठमाडौं महानगरको मेयरबाट राष्ट्रिय नेतृत्वमा पुगेका उनको उदयलाई नयाँ पुस्ताको परिवर्तनकारी नेतृत्वका रूपमा हेरिएको छ ।