रसुवा, भदौ १० - रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत ११४ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाले विभिन्न उडानमार्फत मात्रै ८५ जनाको उद्धार गरेको छ। सेनाले टिमुरे–धुन्चेबाट ६० जना, टिमुरे–त्रिशूलीबाट १३ जना, मैलुङबाट ५ जना, बेत्रावतीबाट ४ जना र त्रिशूलीबाट काठमाडौँतर्फ ३ जनालाई उद्धार गरेको हो।
त्यस्तै, निजी क्षेत्रका विभिन्न हेलिकप्टर कम्पनीले २९ जनाको उद्धार गरेका छन्। कैलाश हेलिकप्टरले ५ जना, सिम्रिकले ५ जना, अन्नपूर्ण हेलिले ४ जना, प्रभु हेलिकप्टरले ७ जना, फिसटेलले ५ जना र एभरेष्ट हेलिकप्टरले २ जनाको उद्धार गरेका छन्।
निजी हेलिकप्टरबाट उद्धार गरिएकामध्ये अधिकांशलाई रसुवाबाट काठमाडौँका विभिन्न अस्पतालतर्फ लगिएको छ। उद्धार कार्य बाढी प्रभावित क्षेत्रमा निरन्तर जारी रहेको छ।
प्रतिक्रिया दिनुहोस