१९ भदौ २०८३ शुक्रबार | 04 Sep 2026 Fri
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

माथिल्लो त्रिशूली–१ मा फसेकाको उद्धार माग्दै आफन्तद्वारा कम्पनी घेराउ



  • अञ्जना ढकाल
  • ५ दिन अघि
  • पाठक संख्या ५०
  • काठमाडौं, भदौ १४ - माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा फसेका व्यक्तिको तत्काल उद्धारको माग गर्दै आफन्तहरूले काठमाडौंको थापाथलीस्थित नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी (एनडब्लूईडीसी) मा धर्ना दिएका छन्।

    बाढी आएको पाँच दिन बितिसक्दा पनि आयोजनाको क्याम्प तथा सुरुङमा फसेकाहरूको उद्धार हुन नसकेको भन्दै आफन्तहरू कम्पनी परिसरमा पुगेका हुन्। उनीहरूले उद्धारमा ढिलाइ भएको भन्दै कम्पनीको व्यवस्थापनप्रति आक्रोश व्यक्त गरेका छन्।

    अन्य जलविद्युत् आयोजनामा फसेका व्यक्तिहरूको उद्धार भइरहे पनि माथिल्लो त्रिशूली–१ मा रहेका व्यक्तिको उद्धारमा अपेक्षित पहल नभएको आफन्तहरूको गुनासो छ। उनीहरूले तत्काल प्रभावकारी उद्धार अभियान सञ्चालन गर्न कम्पनी तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

    आयोजनाको सुरुङमा फसेकाहरूको उद्धारका लागि अहिले ड्रिलिङ गर्ने तथा सुरुङभित्र अक्सिजन पठाउने प्रयास भइरहेको बताइएको छ। उद्धारका लागि भइरहेको प्रयासलाई तीव्र बनाउनुपर्ने माग आफन्तहरूले गरेका छन्।