१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आगलागिमा परि आमा छोराको मृत्यु



  • सिमोन भट्टराई
  • २ बर्ष अघि
  • पाठक संख्या ३५०
  • सिद्धिचरण नगरपालिका–१० बेतेनीमा आगलागीमा परि आमा छोराको ज्यान गएको छ । आगलागीमा परि करिब ५५ वर्षिय पुन्यकुमारी धमला र उनका छोरा करिब १६ वर्षिय कन्चन धमलाको ज्यान गएको हो ।

    बाहुन डाँडा कोल पाखामा निजि खर पाखामा राखिएको खर घाँस जोगाउने क्रममा आगोले जलेर आमा छोराको ज्यान गएको स्थानिय शिक्षक युवराज धमलाले जानकारी दिए ।

    घटना स्थल तर्फ प्रहरी टाेली गईरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । केही दिन अघि देखी नजिकैको जंगलमा आगलागी भईरहेको थियो । घटनाकाे बारेमा थप विवरण आउन बाँकी छ ।