ताप्लेजुङ - बर्षातको समय सुरु भए सँगसँगै पहाडको विभिन्न क्षेत्रहरूमा बाढी पहिरोजोखिम बढी रहेकोे छ । ताप्लेजुङमा पनि केही दिन देखिको लगातार बर्षाको कारण खोला खोल्सोको चाप बढीरहेका छ्न ।
ताप्लेजुङको फुङलिङ नगरपालिका-९ हाङदेवाको हिरिया खोलाले मे १ज २५७९ नम्वरको बोलेरो गाडी बगाएको छ । फुङलिङ नगरपालिका-११ फुरुम्वुको मित्लुङबाट सदरमुकामतर्फ आउँदै गरेको गाडी बगाएको हो । खोलाभित्र पसेपछि गाडीको स्टार्ट बन्द भएर त्यहीबेला आएको लेदोले बगाएर करिब १५ मिटर तल पुर्याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कमल कुमार लुङगेलीले जानकारी दिए ।
गाडीमा रहेका चालक राजकुमार पौडेल सकुशल रहेका छन् । पौडेलका अनुसार खोलालेनै गाडी किनारामा पुर्याएको थियो ।यता, सदरमुकाम फुङलिङबाट पाथीभरा जाने मोटरबाटोमा झरको पहिरोले को१झ २९५८ नम्वरको बोलेरो गाडी पुरिएको छ ।
पुरिएको गाडीलाई जेसीबीको सहयोगमा निकालिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । चालक कुमार भट्टराई भनें सकुसल रहेका छन् । गाडीमा चालक मात्रै रहेका थिए । यहाको पहिरोले पाँचवटा बिजुलीका पोल, काफ्लेपाटीबाट सेवारो चोकसम्म ल्याएको खानेपानीको तीन क्वायल पाइप समेत पूर्णरुपमा क्षति गरेको स्थानीयले बताएका छन् ।
यहाँको सार्वजनिक शौचालय र आसपासमा रहेका घरहरु समेत पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ । जोखिमका घरहरुलाई सुरक्षित हुन सल्लाह दिएको रावलले बताए। अवरुद्ध सडक खुलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलमा रहेको र सरोकारवाला निकायसँग पनि छलफल भइरहेको रावलले बताए ।
ताप्लेजुङमा एक सातादेखि लगातार वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस