२१ असोज २०८२ मंगलबार | 07 Oct 2025 Tue
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

कुवेतमा नेपाली महिलाले गरिन आत्महत्या



  • AMITA BHATTARAI
  • १ बर्ष अघि
  • पाठक संख्या ३०६
  • कुवेत - नेपालीहरूको लागि वैदेशिक रोजगारको उत्कृष्ट गन्तव्य बन्दै गरेको कुवेतमा  पछिल्लो समयमा भएको विभिन्न किसिमका घटनाहरुले नेपाली हरु लाई दुखित बनाइ रहेको छ।
    नेपालबाट कुवेतमा घरायसी कामको लागि आउने वैधानिक प्रवधान नभएतापनि विभिन्न दलालहरु मार्फत तेस्रो मुलुक हुँदै कुवेत आउनेको सङ्ख्या बढ्दो छ र अधिकांश आत्महत्याका  घटनाहरू पनि घरायसी कामदारका रूपमा रहेका कामदार नै छ्न ।

    यस्तै एउटा दु:खद घटना हालै भएको छ घरेलु काममा कार्यरत एक नेपाली  महिलाले आफ्नै रोजगारदाताको घरमा झुण्डिएर आत्महत्या गरेकी छन् ।
    घरेलु कामदारका लागि कुवेत आएकी महिलाले साद अल अब्दुल्लाह क्षेत्रमा आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन ।


    मृतकलाई थप अनुसन्धानका लागि फरेन्सिक परिक्षण विभागमा लगिएको छ भने घटना वारे स्थानीय प्रहरीले अनुसन्धान जारी राखेको छ ।

    नेपाली दूतावास श्रोतले घटनाबारे प्रारम्भिक जानकारी आईसकेको जनाउदै मृतकको परिवार संग सम्पर्क गर्ने प्रयास भईरहेको र आवश्यक कानुनी प्रक्रिया पूरा गरि शव छिट्टै नेपाल पठाउने जनाएको छ भने मृतक महिलाको थप विवरण आउन बाँकी नै रहेको छ।