२० भदौ २०८३ शनिबार | 05 Sep 2026 Sat
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकासँग उद्धार टोलीको दोहोरो संवाद, जीवित रहेको पुष्टि



  • अञ्जना ढकाल
  • हिंजो प्रकाशित
  • पाठक संख्या ४८
  • नुवाकोट, भदौ १९ - नुवाकोटको त्रिशूली–३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूसँग उद्धार टोलीको दोहोरो संवाद भएको छ। उद्धार टोलीले सुरुङभित्र रहेकाहरूलाई आवाज दिएपछि भित्रबाट स्पष्ट रूपमा प्रतिक्रिया आएको हो।

    उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भन्दै आवाज दिएपछि सुरुङभित्रबाट ‘हुन्छ’ भन्ने जवाफ आएको बताइएको छ। एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको र उनीहरूले प्रतिक्रिया जनाएपछि सुरुङभित्र फसेकाहरू जीवित तथा सचेत अवस्थामा रहेको पुष्टि भएको छ।

    सांसद श्रीराम न्यौपानेका अनुसार नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र फसेकाहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सावधानीपूर्वक उद्धार कार्य अघि बढाइरहेको छ। घटनास्थलमा आवश्यक प्राविधिक जनशक्ति र उद्धार उपकरणसमेत थप परिचालन गरिएको छ।

    सुरुङको जटिल संरचनाका कारण उद्धारमा चुनौती रहे पनि सुरक्षाकर्मीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै काम तीव्र बनाएका छन्। भित्रबाट आएको प्रतिक्रियाले उद्धारमा संलग्न टोली र परिवारजनमा थप आशा जगाएको छ।