कुवेतमा - प्रवासमा फेरि एकजना नेपाली चेलीको मृत्यु भएको छ । हिजो कुवेतको मंगाफ क्षेत्रमा सडक दुर्घटनामा २६ वर्षीया जलिना तामाङको मृत्यु भएको हो। मंगाफ क्षेत्रमा बेलुकी ८ बजे सडक पार गर्ने क्रममा कारको ठक्करबाट तामाङको मृत्यु भएको हो ।
संखुवासभा निवासी मृतक तामाङ केवल ४ महिना अघि मात्र रोजगारीका लागि कुवेत आएकी थिइन् र अल-जाजिरा कम्पनीमा कार्यरत थिइन्।
घटनावारे नेपाली रादूतावास कुवेतलाई जानकारी सुचना प्राप्त भएको श्रोतले जनाएको छ भने स्थानीय अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस