
संबिधान दिवसको मौका पारि असोज ३ गतेदेखि अस्थायी रूपमा धरहरा सञ्चालनमा आउने भएको छ।
२०७२ सालको विनाशकारी भूकम्पमा धरहरा भात्कियाको थियो, र यसपछि पुनर्निर्माण कार्य सुरु गरीय पनि लामो समयसम्म निर्माण सम्पन्न हुन सकेन। प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ मा धरहराको उद्घाटन गरेका थिए, तर त्यो बेला पूर्ण रूपमा सम्पूर्ण संरचना तयार नभएकोले भूमिगत पार्किङ लगायतका संरचनाहरू बाँकी नै थिए। यस धरहरा ३ वर्ष अगाडिनै उद्घाटन गरियको भएपनि अहिले सम्म संचालनमा ल्याइएको थिएन ।
धरहराको पुनर्निर्माण प्रक्रियामा ६ पटक म्याद थप गरिएपछि अब फेरि हतार हतार यसको अस्थायी उद्घाटन हुन लागेको हो। यो परियोजनाको सुरुवात राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको मातहतमा भए पनि समयसीमाभित्र सम्पन्न हुन नसकेपछि सहरी विकास मन्त्रालय र भवन निर्माण विभागले यसलाई अघि बढाएको हो।
धरहराको भग्नावशेषलाई सीसामा राख्ने योजना भए पनि हालसम्म यो पुरा भएको छैन। यस महत्त्वपूर्ण ऐतिहासिक संरचनालाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन थप समय लाग्ने भए पनि अस्थायी रूपमा उद्घाटनले केही मात्रामा पर्यटकहरूलाई आकर्षण गर्न सक्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस