१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

अभियन्ता आशिका तामाङको विरोधपछि सरकारी निकायहरू सक्रिय

अभियन्ता आशिका तामाङको बिरोधपछि सरकारी निकायहरूले कारबाही अगाडि बढाएका छन् ।



Aasika Tamang
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३६०
  • सामाजिक अभियन्ता आशिका तामाङले बनाएका भिडियोहरूले नेपालमा विभिन्न सामाजिक मुद्दाहरूमा सरकारी कारबाही र जनस्तरमा चासो बढाएको छ। तामाङले सार्वजनिक स्थलहरूमा देखिएका अनियमितता र असुविधाबारे आफ्ना भिडियोहरू मार्फत उजागर गरेपछि सरकारसँग सम्बन्धित निकायहरूले तत्काल कदम चाल्न थालेका छन्।

    तामाङले एउटा झुलुङ्गे पुल पार गर्दा २० रुपैयाँ शुल्क लाग्ने थाहा पायपछी यसको बिरोध गर्दै भिडीयो मार्फत जनचेतना फैलाएकी थिइन्। यस भिडियोले स्थानीय र सामाजिक सञ्जालमा ठूलो चर्चा पायो, जसका कारण सम्बन्धित निकायहरूले उक्त पुलमा पैदल यात्रुहरूबाट शुल्क नलिने निर्णय गरे। यो कदमले जनताले लामो समयदेखि भोग्दै आएको समस्या समाधान गरिदिएको छ।

    त्यसका साथै उनले  रेस्टुरेन्टहरूले पानीको अत्यधिक मूल्य लियको, कालीमाटी तरकारी बजारको अव्यवस्था र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पार्किङ शुल्कबारे पनि भिडियो बनाएकी थिइन्। यसले गर्दा धेरैले उनको भिडीयो मन पराउन थाले भने उनकै भिडीयो मार्फत सबै जागरुक भइ सरकारको अनुगमन टोलीले ती रेस्टुरेन्टहरूमा अनुगमन गरेर जरिवाना पनि गरायको थियो। यसले उपभोक्ता अधिकारको संरक्षण गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । यी भिडियोहरू सार्वजनिक भएपछि सम्बन्धित सरकारी निकायहरूले कारबाही अगाडि बढाएका छन्, जसले तामाङको प्रयासलाई थप बलियो बनाएको छ।

    तामाङको भिडियोहरूले नेपालमा व्याप्त अनियमितता र असुविधाहरूलाई उजागर गर्दै जनतालाई सचेत बनाउन महत्वपूर्ण भूमिका खेलेका छन्।