
बेंगलुरुमा २९ वर्षीया नेपाली महिला महालक्ष्मीको हत्या गरेको आरोप लागेका व्यक्ति मक्तिरंजन प्रताप रोय ओडिसाको भद्रक जिल्लामा मृत फेला परेका छन्। आरोपित रोयले महालक्ष्मीको आफ्नै अपार्टमेन्टमा उनको शवलाई टुक्राटुक्रा पारेर फ्रिजमा राखेका थिए ।
हत्याराको पहिचान गरी रोयलाई बेंगलुरु प्रहरीले हत्या आरोपमा खोजिरहेको थियो। रोय र महालक्ष्मीबीच प्रेम सम्बन्ध थियो, जहाँ महालक्ष्मीले विवाहका लागि दबाब दिएपछि बारम्बार झगडा हुने गर्थ्यो। यसै विवादका कारण रायले महालक्ष्मीको हत्या गरेको खुलेको छ। उनले आफ्नो गिरफ्तारीबाट बच्न आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ। उनका शव ओडिसाको गाउँमा रुखमा झुन्डिएको अवस्थामा भेटिएको हो।
प्रहरीले घटनास्थलबाट रोयको डायरी बरामद गरेको छ, जहाँ उनले महालक्ष्मीको हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्। महालक्ष्मीको शव सेप्टेम्बर २० मा बेंगलुरुस्थित उनको अपार्टमेन्टमा 50 भन्दा बाढी टुक्रा पारेर फ्रिजमा राखिएको अवस्थामा फेला परेको थियो। उनी र राय सन् २०२३ देखि प्रेम सम्बन्धमा रहेको र एकै मलमा काम गर्ने गरेको खुलेको छ ।
प्रतिक्रिया दिनुहोस