
बाँकेमा भएको दुइवटा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति गम्भीर घाइते भएका छन्। दुर्घटनामा परेका बंसीले भे ७ प ४३४० नम्बरको मोटरसाइकल चलाइरहेका थिए।
हुलाकी राजमार्गको बिनौनादेखि अगैयातर्फको बाटोमा भएको दुर्घटनामा नेपालगञ्ज उपमहानगरपालिका–२० राँझाका ४७ वर्षीय लोकबहादुर बंसीको उपचारका क्रममा मृत्यु भएको हो।
विपरीत दिशाबाट आएको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका २५ वर्षीय राधेश्याम थारुले हाँकेको भे १२ प ८४२० नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको भइ उनको मृत्यु भएको हो।
राधेश्याम थारूको अवस्था पनि गम्भीर रहेको छ र उनको उपचार नेपालगञ्ज नरसिंह होममा जारी रहेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यामबहादुर मगरले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुहोस