१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

हेलिकप्टरमार्फत ४ जनाको शव निकालियो

काभ्रेपलाञ्चोकमा आएको बाढी–पहिरोले पुरेको घरबाट ४ जनाको शव निकालियो । 



Sainik
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २०८
  • काभ्रेपलाञ्चोकमा आएको बाढी–पहिरोले ठूलो क्षति पुर्‍याएको छ। त्यहाँ बाट हालसम्म १२ जना बेपत्ता भएका विवरण आएको छ, जसमध्ये चार जनाको शव भेटि सकेको छ भने बाँकीको खोजि कार्य जारी नै छ । 

    नेपाली सेनाको हेलिकप्टरमार्फत बीपी राजमार्गको रोशी क्षेत्रमा अलपत्र परेकाहरूको उद्धार कार्य भइरहेको छ। सेनाले भुम्लु र चौरी देउराली गाउँपालिकामा पनि उद्धार गरेको छ, जहाँ दुई जना घाइतेलाई धुलिखेल अस्पतालमा ल्याइएको छ। 

    तेमाल गाउँपालिकामा पहिरोले ठूलो क्षति पुर्‍याएको र सञ्चार सेवा अवरुद्ध भएकाले ठ्याक्कै विवरण प्राप्त गर्न कठिनाइ भएको छ। यस क्षत्रमा तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ। हेलिकप्टरमार्फत थप उद्धारको प्रयास भइरहेको छ, तर कतिपय मानिस अझै सम्पर्कविहीन रहेका छन्।