१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

आगामी बुधबारसम्म ‘अपर फेयर’ अर्थात् उच्चतम भाडादर लागू नहुने

आन्तरिक हवाई उडानमा आगामी बुधबारसम्म ‘अपर फेयर’ अर्थात् उच्चतम भाडादर लागू नहुने भएको छ।



Airport
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या १८९
  • आन्तरिक हवाई उडानमा आगामी बुधबारसम्म ‘अपर फेयर’ अर्थात् उच्चतम भाडादर लागू नहुने भएको छ।

    आइतबार नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच भएको छलफलमा तीन दिनसम्म सस्तो भाडादरमा मात्र टिकट बिक्री गर्ने सहमति भएको हो।

    विपद्को अवस्थामा यात्रुहरुलाई सहुलियत दिन प्राधिकरणले उच्च भाडादर नलगाउन आग्रह गरेको थियो। एयरलाइन्सहरुले सामान्य अवस्थामा प्रत्येक उडानका १५ देखि २० प्रतिशत टिकट ‘अपर फेयर’मा बिक्री गर्दै आएका थिए, तर अहिलेको सहमतिअनुसार यात्रुहरुलाई न्यूनतम भाडादरमै टिकट उपलब्ध गराइने छ।