८ जेठ २०८२ बिहिबार | 22 May 2025 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पहिरोका कारण अवरुद्ध यी सडकहरु पुनः संचालनमा हेर्नुहोस् ..

मकवानपुरमा हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक भने पहिरो पन्छाएर पुनः सञ्चालनमा आएका छन्।



Sadak Sanchalan
  • अञ्जना ढकाल
  • ८ महिना अघि
  • पाठक संख्या १४४
  • हाल वर्षासँगै खसेका पहिरोका कारण बागमती क्षेत्रमा विभिन्न सडक अवरुद्ध भएका छन्। मकवानपुरमा हेटौँडा–काठमाडौँ र हेटौँडा–धरान चतरा जोड्ने तीनवटा सडक भने पहिरो पन्छाएर पुनः सञ्चालनमा आएका छन्।

    त्रिभुवन लोकपथ अन्तर्गत हेटौँडा–भैसे, सिमभन्याङ–पालुङ–नौबिसे, र मदन भण्डारी लोकमार्ग अन्तर्गत हेटौँडा–सिन्धुली–धरान चतरा सडकहरू आज बिहानदेखि खुलेका हुन्।साथै, हेटौँडा–भैसे–चित्लाङ–चन्द्रागिरि–काठमाडौँ सडक एकतर्फी रूपमा आइतबार साँझबाट सञ्चालनमा आएको थियो। यद्यपि, मकवानपुरको थाहा नगरपालिकाको दामन क्षेत्रमा खसेको पहिरोले सडकलाई अवरुद्ध पारेको थियो।

    अन्य सडकहरू कान्तिलोकपथमा बकैया गाउँपालिका, भीमफेदी गाउँपालिका, र दक्षिणकाली–छैमले–सिस्नेरी सडक भने अझै अवरुद्ध छन् ।प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ र यथाशक्य छिटो सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ।