
हालैको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानले व्यापक क्षति पुर्याएको छ। गृह मन्त्रालयका अनुसार अहिलेसम्म २१७ जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता रहेका छन्। बाढीपहिरोका कारण १४३ जना घाइते भएका छन्, जसको उपचार सरकारी अस्पतालहरूमा निःशुल्क रूपमा भइरहेको छ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बाढी प्रभावित क्षेत्रहरूमा खोज, उद्धार, र राहतका लागि सेना, प्रहरी, र सशस्त्र प्रहरी परिचालन गरिएको जानकारी दिएका छन्। उनले राहत सामग्री वितरणदेखि अस्थायी बसोबासको व्यवस्था समेत भइरहेको बताए।
अवरुद्ध राजमार्गहरू खोल्न र यातायातलाई पुनः सञ्चालनमा ल्याउन सरकारी प्रयास जारी रहेको छ। यसका साथै, खाद्यान्न, लत्ताकपडा र औषधिको आपूर्ति प्रभावित क्षेत्रमा पुर्याउन स्थानीय प्रशासनले काम गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस