१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

दुर्गा प्रसाईं १ लाख रुपैयाँ धरौटीमा छुट्ने

काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।



Durga Prasai
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ९८
  • काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ठाकुर प्रसाद खरेलले उनलाई दुईवटा मुद्दामा जनही ५०५० हजार रुपैयाँ धरौटी माग गरेका छन्।

    प्रसाईंलाई प्रहरीको साइबर ब्युरोले असोज ६ गते भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो। सरकारी वकिल कार्यालय काठमाडौँले उनीविरुद्ध विद्युतीय अपराध सम्बन्धी दुईवटा मुद्दा दायर गरेको थियो।

    युट्युब च्यानल देश दुनियाँ खबरमार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीकी एक महिलाको चरित्रहत्यागरेको आरोप लागेको छ। अर्का एक पुरुषले पनि प्रसाईंविरुद्ध जाहेरी दिएका छन्।