१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

काभ्रेपलाञ्चोकमा मात्रै मृत्यु हुनेको संख्या ७७ पुग्यो

काभ्रेपलाञ्चोकमा हालैको बाढीपहिरोमा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।



Pahiro
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २१२
  • काभ्रेपलाञ्चोकमा हालैको बाढीपहिरोमा ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयको अनुसार, पाँच जना अझै बेपत्ता छन्। मृतकहरूमध्ये ३३ महिला, २८ पुरुष, नौ बालक, र सात बालिकाको पहिचान भएको छ। पनौती नगरपालिकामा १८ जनाले ज्यान गुमाएका छन् भने, तेमाल, रोशी, बेथानचोक, र मण्डनदेउपुर क्षेत्रमा पनि ठूलो क्षति पुगेको छ।

    सहायक प्रमुख जिल्ला अधिकारी सुवास पौडेलले हराएकाहरूको खोजी र प्रभावित परिवारलाई राहत सामग्री वितरणको काम निरन्तर भइरहेको बताएका छन्।