
सिरहा र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका-२ मा ५५ वर्षीय दुर्गानन्द चौधरीको आफ्नै खेतमा विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर निधन भएको हो।
यस्तै, झापाको मेचीनगर नगरपालिका-८ मा ३८ वर्षीय राम कुमार गिरीको माछा मार्ने क्रममा विद्युतीय तारबाट करेन्ट लागेर गम्भीर घाइते भए, र उपचारका क्रममा बीएण्डसी अस्पताल, बिर्तामोडमा मृत्यु भएको हो। दुवै घटनामा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस