८ पुष २०८१ सोमबार | 23 Dec 2024 Mon
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

मुस्ताङ र डोल्पा जोड्ने सडक मार्ग खुल्यो

मुस्ताङ र डोल्पा जोड्ने ७५ किलोमिटर लामो सडक मार्ग खुल्न थालेको छ।



Sadak
  • अञ्जना ढकाल
  • ३ महिना अघि
  • पाठक संख्या ९०
  • मुस्ताङ र डोल्पा जोड्ने ७५ किलोमिटर लामो सडक मार्ग खुल्न थालेको छ। यसले दुई प्रदेशका हिमाली जिल्लाहरूको व्यापार, पर्यटन विकास, र स्थानीयवासीको जीवनमा महत्त्वपूर्ण सुविधा पुर्‍याउने अपेक्षा गरिएको छ। यो सडक मार्ग संघीय सरकारको मनाङ-मुस्ताङ-डोल्पा-जुम्ला सडक आयोजनाअन्तर्गत निर्माण भएको हो। 

    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिकालाई जोड्ने यो मार्गका बाँकी कामहरू अन्तिम चरणमा पुगेका छन्। ४० किलोमिटर सडक जोमसोमबाट साङ्ता हुँदै डोल्पाको सिमानासम्म जोडिएको छ। आगामी समयमा सडकको २० किलोमिटर भागमा स्तरोन्नति गर्न र चारवटा मोटरेबल पुल निर्माण गर्नुपर्ने आवश्यकताहरू रहेका छन्।

    डोल्पाको सिमानामा बेलीब्रिज निर्माणका लागि चालु आर्थिक वर्षमा ८५ लाख रुपैयाँ विनियोजन गरिएको छ। यससँगै थप तीनवटा पुल निर्माण र जोखिमयुक्त ठाउँको सुधार गरेर यातायातलाई नियमित बनाउने योजना अघि बढाइएको छ। 

    सडक निर्माणका कारण उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको यात्रा समय धेरै कम भएको छ। जसले गर्दा दैनिक उपभोग्य सामान र निर्माण सामग्री ढुवानीमा सहजता आएको छ भने पर्यटकहरू पनि यस क्षेत्रमा आकर्षित भएका छन्।