१७ भदौ २०८३ बुधबार | 02 Sep 2026 Wed
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

श्रीमतीको हत्या गरी फरार तामाङलाई भक्तपुरबाट पक्राउ

काठमाडौँमा श्रीमतीको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का जितबहादुर (काले) तामाङलाई भक्तपुरबाट पक्राउ गरिएको छ।



Pakrau
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या ३५२
  • काठमाडौँमा श्रीमतीको हत्या गरी फरार रहेका नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ का जितबहादुर (काले) तामाङलाई भक्तपुरबाट पक्राउ गरिएको छ। गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका-६ मा बस्ने ४५ वर्षीया डोल्मा शेर्पा आफ्नै डेरामा मृत अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा शेर्पाको हत्या उनको पति जितबहादुरले कुटपिट गरी गरेको खुल्न आएको थियो। 

    हत्या गरेपछि फरार भएका जितबहादुरलाई प्रहरीले उपत्यकाका विभिन्न स्थानमा लुकेर बसेको पत्ता लगाउँदै, भक्तपुर नगरपालिका-१० छालिङबाट पक्राउ गर्न सफल भएको हो। उनलाई आवश्यक कानूनी कारबाहीका लागि कीर्तिपुर प्रहरी वृत्तमा पठाइएको छ।