
सिन्धुलीमा बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुरको हतुवागढी गाउँपालिका-१ बस्ने २६ वर्षीय बुद्धिमान तामाङ र अर्का एक पुरुष छन्। बुद्धिमानको पहिचान उनको एटीएम कार्ड र खोटाङ यातायात प्रालिको टिकटको आधारमा गरिएको हो, तर अर्का मृतकको पहिचान हुन बाँकी छ।
दुर्घटना सोमबार बागमती प्रदेश ०१-००६ ख ६७८५ नम्बरको बस काठमाडौंबाट भोजपुर जाँदै गर्दा हरिहरपुरगढी–५ स्थित द्वार खोलाको पुलमा ठोक्किँदा भएको हो। यस दुर्घटनामा चालक सहित ४५ जना घाइते भएका छन्। २८ जना उपचारपछि घर फर्किएका छन् भने बाँकी घाइतेहरुको कपिलाकोट स्वास्थ्य चौकी, धरानको घोपा अस्पताल, र जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस