१८ भदौ २०८३ बिहिबार | 03 Sep 2026 Thu
  • Follow US:
पासपोर्ट फारम भर्न यहाँ क्लिक गर्नुहोस

पुण्य गौतममाथि अपरिचित व्यक्तिद्वारा निर्घात कुटपिट

पुण्य गौतममाथि उनको घर नजिकै अपरिचित व्यक्तिद्वारा निर्घात कुटपिट भएको छ ।



Punya Gautam
  • अञ्जना ढकाल
  • २ बर्ष अघि
  • पाठक संख्या २०७
  • पुण्य गौतममाथि अपरिचित व्यक्तिद्वारा निर्घात कुटपिट भएको छ ।

    काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८, बेसीगाउँमा उनको घर नजिकै उनलाई कुटपिट गरियको हो । घटना सोमबार बेलुकी सवा ९ बजे भएको हो, जहाँ अपरिचित व्यक्तिले उनलाई रडले हानेर गम्भीर घाइते बनाएका छन्। 

    गौतमलाई नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका लागि लगिएको थियो, जहाँ उनको टाउकोमा गम्भीर चोट लागेर टाँका लगाइएको छ। उनलाई आइसियूमा राखेर उपचार भइरहेको जानकारी उनकी श्रीमती अपेक्षा अधिकारीले दिएकी छन्। 

    प्रहरीले घटनाको अनुसन्धान गरिरहेको र संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ भने अहिलेसम्म आक्रमणको कारण खुल्न सकेको छैन।